१८ कार्तिक २०८३, बुधबार

एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागियोः भीम रावल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागिएको बताएका छन् ।

रावलले राजनीतिक अस्थिरता सिर्जना गरेर एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

शनिबार काठमाडौँमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफलमा सम्बोधन गर्दै उपाध्यक्ष रावलले यस्तो बताएका हुन् ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घर घरमा पुर्याउन लागेको पनि बताए । उनले देशलाई उपनिवेश बनाउन लागिएकोमा नेता कार्यकर्ताहरुलाई विरोध गर्न पनि आह्वान गरे ।

उनले भने – ‘झिलिमिली हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्याइँदैछ । नेपाललाई पराधीन उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस् । जसरी बेलायतीहरूले भारतमा इष्ट इन्डिया कम्पनी खोले त्यो इष्ट इन्डिया कम्पनी भन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडी बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ ।’

उनले थपे, ‘रेडियोबाट, टेलिभिजनबाट एमसीसीको बारेमा विज्ञापन बजिरहेको छ । कुनै देशले दिने अनुदान सहयोगको बारेमा अर्को देशले झ्याली पिटेर विज्ञापन गर्छ कहीँ ? दुनियाँमा सुन्नुभाछ ? यो भन्दा राष्ट्रको अपमान के हुनसक्छ ? भर्खरै एउटा टेलिभिजनबाट त्यो बजाएको रहेछ । धेरै विरोध गरेपछि त्यो बन्द भयो । तर रेडियोबाट बजाउने क्रम जारी छ । यो सम्झौता असमान छ । सार्वभौमिक समानताको सिद्धान्त अनुरूप छैन । यसका कतिपय प्रावधानहरूले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतमाथि हमला गर्छ । नेपालको स्वाधिनता र स्वतन्त्रतामाथि आँच पु¥याउने कुराहरू छन् ।’