
काठमाडौँ, १९ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले देशभर मनसुनी वायुको प्रभावका कारण शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राती प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
त्यस्तै, आइतबारदेखि पुनः नेपालमा मनसुन सक्रिय हुने महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको छ । त्यो रेखा नजिक आइ पुग्नासाथ मनसुनको सक्रियता बढ्ने छ ।












प्रतिक्रिया