
काठमाडौँ, १८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ७५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ७७३ र एन्टिजेन विधिबाट ४ हजार ५६१ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ७५६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ५१ हजार ९६४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २७४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख २३ हजार ४५६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ६ जना रहेको छ ।
मन्त्रालयका अनुसार ५४० संक्रमित आइसीयुमा छन् भने १५६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ४६ लाख ९५ हजार ३२३ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५४ लाख ७२ हजार ७९३ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८०९ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया