१७ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न दूत पठाएपछि गठबन्धनमा खैलाबैला

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधार्न आफ्ना दूत पठाएपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलको नेता ओलीलाई भेट्न देउवाले कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि गठबन्धनका दल सशंकित बनेको हो ।

एमालेसँग सम्बन्ध सुधार गर्न खोजेको बुझेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल चिढिएका बुझिएको छ ।

यसै क्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बालुवाटारमा उनीहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तार सम्बन्धी छलफल भएको हो ।