१७ कार्तिक २०८३, मंगलबार

प्रभुराम शर्माले पाए प्रधानसेनापतिकाे नियुक्तिपत्र

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् ।

नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले कायममुकायम प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । –रासस