१७ कार्तिक २०८३, मंगलबार

पार्टीको मुलधारमा फर्कनुहोस्ः सासंद सिग्देल

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

तनहुँ, १६ भदाै । नेकपा(एमाले) सम्वद्ध अखिल नेपाल किसान महासंघ को भेला सम्पन्न भएको छ ।

किसान महासंघ जिल्ला अध्यक्ष सोमराज तिमिल्सेनाको अध्यक्षतामा भएको सो कार्यक्रम नेकपा एमाले तनहुँका पार्टी अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य केदार सिग्देलको प्रमुख अध्यक्षतामा सम्पन्न भएको छ ।

फरक प्रसंगमा सासंद सिग्देलले देशमा देखिएको विषम परिवेशमा पार्टीभित्रको समस्यालाई समाधान गर्नका लागि सबै मुलधारमा आउन समेत आग्रह गरे ।

व्यक्ति भन्दा पार्टी विशेष हो, पार्टीमा गर्नुभएको योगदान निश्चित समयमा पार्टीले नै गर्नेछ, सम्पुर्ण पार्टी कार्यकर्ता र नेताहरुलाई पार्टीको मुलधारमा फर्केर समाज र देशप्रति उत्तरदायित्व वहन गर्नु पर्दछ ।

विषयवस्तुमा असमानता हुनु स्वभाविक हो, तर त्यसैलाई आधार मानेर पार्टी छोड्नु सान्र्दभिक होईन, हामी परिवर्तनमा विश्वास गर्दछ, जनताको परिवर्तन नै हाम्रो मुल ध्येय हो, यसका लागी नेकपा एमाले एकतावद्ध हुनुको विकल्प छैन, सासंद सिग्देलले भने ।

कार्यक्रममा प्रमुख अतिथी सिग्देलले किसान महासंघ आफैमा कृषि सँग सम्वन्धित रहेको हुदाँ जिम्मेवारीताका साथ उत्पादन, तथा बिक्री वितरणमा जोडिनुपर्ने बताए ।

कृषि प्रधान देशमा न्युनतम आधारभुत वस्तुसमेत परनिर्भर बन्नु दुःखद भएको समेत उनले बताए । कृषकलाई जोड्न र कृषकको समस्या समाधानमा उन्मुख हुन पनि सासंद सिग्देलले बताए ।

अखिल नेपाल किसान महासंघको केन्द्रिय सदस्यहरु नारायण खनाल, देवु विष्ट, ईश्वर विष्ठ, मित्र प्रसाद न्यौपाने, गोर्वधर्न नेपालीको उपस्थितीमा भएको भेलाले स्थानिय तहको दशवटै पालिकामा अधिवेशन गर्ने निर्णय गरेको छ ।

कृषकलाई पशु तथा कृषिमा भएको समस्यालाई अनलाईन प्रविधिमार्फत पनि सेवा, सल्लाह र सुझाव समेत दिदै आएका छौ, अध्यक्ष सोमराज तिमिल्सेनाले भने ।