१७ कार्तिक २०८३, मंगलबार

घट्दै कोरोना, थप २ हजार ५२ जनामा संक्रमण, ३ हजार ३० निको, २० को मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ६१२ र एन्टिजेन विधिबाट ४ हजार ३२३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ५२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख १९ हजार ३३६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ जना रहेको छ ।

मन्त्रालयका अनुसार ५३७ संक्रमित आइसीयुमा छन् भने १६४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५४ लाख २४ हजार ८३६ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको मन्त्रालयले जनाएको छ ।