१७ कार्तिक २०८३, मंगलबार

कर्णालीका मन्त्री शाहीको अश्लील भिडियो सार्वजनिक

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी कुर्मराज शाहीले एक महिलासँग जबरजस्ती शारिरिक सम्बन्ध राखेको भिडियो सार्वजनिक भएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता शाहीले महिलाकै कोठामा पुगेर पुगेर सम्बन्ध राखेको भिडियो सार्वजनिक भएको हो ।

शाहीले जबरजस्ती सम्बन्ध राखेको ६ मिनेट ५८ सेकेन्डको भिडियो सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा भाइरल भएको छ ।

भिडियोमा महिलाको इच्छा विपरीत सम्बन्ध राखेको जस्तो देखिन्छ । महिलाले आफूलाई चिच्याउँदै, कराउँदै डर लाग्छ भनेकी छन् । यद्यपी मन्त्रीले सम्बन्ध राखेको देख्न सकिन्छ ।

मन्त्री आफैँ महिलाको कोठामा प्रवेश गरेर बत्ती निभाएको देख्न सकिन्छ । त्यसपछि उनले सम्बन्ध राखेको देखिन्छ ।

महिला रोइरहेकी भएपनि मन्त्रीले पटकपटक सम्बन्ध राख्छन् ।

पीडितले प्रहरीकोमा भिडियो उजुरी दिन खोजेपनि विभिन्न धाक धम्कीका कारण पछि हटेको बुझिएको छ ।

मन्त्री शाहीको यो घृणित हर्कतका कारण अब पदमा बसिरहन योग्य नभएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

आफ्नो सरकार जोगाउन कर्णाली सरकारले यस विषयमा केही बोलेको छैन । तर शाहीको भिडियो सार्वजनिक भएसँगै युवा संघ र अनेरास्ववियूले उनी माथि कानुनी कारवाहीको माग गरेका छन् ।

उनीहरुले विज्ञप्तिमार्फत मन्त्री शाहीमाथि कारवाहीको जोडदार माग गरेका हुन् । जनताको रक्षक नै भक्षक हुनुले आम मानिसमा आक्रोश सिर्जना गरेको छ ।