१७ कार्तिक २०८३, मंगलबार

काठमाडौँमा खुल्याे निषेधाज्ञा, सिनेमा हल खुल्ने, विद्यालय नखुल्ने (आदेशसहित)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ भदौ । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञालाई खुकुलो बनाएका छन् ।

वुधबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भदौ १७ देखि सिनेमा हल खुलाउने निर्णय गरेका छ ।

बैठकको यो निर्णयसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायत व्यवसाय सञ्चालन हुने भएका छन् । यससँगै निषेधाज्ञा खुलेकाे बुझिएकाे छ ।

यद्दपी बैठकले विद्यालयलाई भौतिक रुपमा सञ्चालन गर्नेबारे भने केही निर्णय गरेको छैन ।

बैठकले जारी गरेका निर्देशनमा लेखिएका तवरले अघि बढ्न अपील गरिएको छ । बैठकका अनुसार अझै निषेधाज्ञा जारी रहेको भएपनि उल्लेखित क्षेत्रहरु पनि अब सञ्चालनमा आउने भएका हुन् ।

काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ ।

यद्दपी स्थानीय निकायको अनुमतिमा स्मार्ट लकडाउनको प्रवाधानमा रहेर खोल्न पाइने उल्लेख गरिएको छ ।

त्यस्तै प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्ने,सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने भनेको छ ।

यस्तो छ आदेशः