१७ कार्तिक २०८३, मंगलबार

राउटे बस्तीको अवलोकनमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १६ भदौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राउटे समुदायको अवस्थाबारे अवलोकन गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट र त्यहाँको अवस्थाबारे अवलोकन गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले मंगलबार सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटे समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

उनले भने, ‘सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नती हुँदैन ।’ उनले राउटे समुदायका मुखियासहितको टोलीलाई राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एक ठाउँमा बस्न आग्रह गर्दै सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिन सल्लाह दिए ।