१७ कार्तिक २०८३, मंगलबार

साढे १३ लाख बराबरकाे सुन तथा चाँदीका गहना चोरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, १३ भदौ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार डेरा गरी बस्ने खोटाङ साकेला गाउँपालिका–३ घर भएका ४० वर्षीय रामदास राईको कोठाबाट सुन र चाँदीका विभिन्न गहना र १ थान क्यामरा समेत गरी करिब १३ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।

मर्निङ वाकमा निस्केको समयमा कोठाको ताला फोडी दराजमा रहेको उक्त सामान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।