१७ कार्तिक २०८३, मंगलबार

नवलपरासीमा पहिरोमा परी बेपत्ता तीनै जनाको शव फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नवलपरासी, १२ भदौ । पहिरोमा परी बिहीबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चारघरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परी बेपत्ता तीनै जनाको शव शनिबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताए ।

शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरोमा परेका फेला नपरेपछि आज ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए ।

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र छ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरोमा परी बेपत्ता भएका थिए । हस्तबहादुर पुलामीको भने घाइते अवस्थामा उद्धार गरिएको थियो । –रासस