४ मंसिर २०८३, शुक्रबार

पहिरोले मुग्लिन–नारायणगढ सडक दुइतर्फ अवरुद्ध

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिशिर सिम्खडा

भरतपुर, ११ भदौ । पहिरोले चितवन जिल्लास्थित मुग्लिन–नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ ।

बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ सेतिदोभानमा ठूलो पहिरो खसेको छ । अहिले निरन्तर पानी परिरहेको र तत्काल पहिरो हटाउन कठिन हुने प्रहरीले जनाएको छ ।