काठमाडौं, ११ भदौ । युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरूसँग नगद ६ लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया जान प्रतिव्यक्ति ७ लाख रूपियाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारी ६ जनाबाट प्रतिव्यक्ति १ लाखको दरले ६ लाख रूपियाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको घटनामा संलग्न उनलाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।











प्रतिक्रिया