१७ कार्तिक २०८३, मंगलबार

दश बुँदे सहमति शीघ्र कार्यान्वयन गर्ने एमालेको निर्णय

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । नेकपा एमालेले पार्टीलाई सदुृढ बनाएर अघि बढाउन १० बुँदे कार्यान्वयन गर्ने जनाएको छ ।

बिहीबारकै बैठकले एमालेले यसअघि पार्टी एकताका लागि तयार पारेको १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने भएको हो ।

स्थायी समिति बैठकबाट पारित १० बुँदे एकता प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने जनाइएको छ ।

‘आजको बैठकले स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रुप दिएको छ’ प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए ।

बिहीबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीले विधान महाधिवेशन असोज ४, ५ र ६ गते तथा पार्टीको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएकोले कानुनी उपचार खोज्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताएका छन् ।

‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णयहरु भएका छन् । पार्टीले कारवाही गरेर त्यसको सूचना दिएका व्यक्तिहरुलाई समेत गणना गरेर नयाँ पार्टी गठनमा सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका गलत कामहरु भएका छन्’ ज्ञवालीले भने, ‘हामी यसको कानुनी प्रतिवाद गर्छौँ ।’

‘सभामुखले पार्टीको पत्रअनुसार कारवाहीको सूचना टाँस नगरेर गल्ती गर्नुभएको छ । यसको पनि हामीले यथोचित कानूनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्छौ’ ज्ञवालीले भने ।