विराटनगर, १० भदौ । एमाले विभाजनको असर प्रदेश नं. १ मा परेको छ ।
अध्यक्ष केपी ओली समूहमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएको छ । बिहीबार एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको बुझिएको छ ।
एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाइ छ ।
प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिनेछ ।
बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए जसरी आचार्यलाई पनि प्रदेश १ को मुख्यमन्त्री बनाउने तयारी ओली समूहको छ ।
प्रदेश १ मा एमालेका चार जना सांसद माधव नेपालको पक्षमा छन् । माधव नेपाल समूहले ९ जना सांसदहरू आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।











प्रतिक्रिया