
काठमाडौँ, ८ भदौ । धनुषामा अनैतिक सम्बन्धको आशंकामा ससुरा र बुहारीको हत्या गरेको खुलेको छ ।
मंगलबार विहान एकै स्थानमा गाडिएको अवस्थामा फेला शल परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार छोराले नै बुवा र श्रीमतीको हत्या गरेको खुलेको छ ।
प्रहरीले दुवै बीचको अनैतिक सम्बन्धको आशंकाले हत्या गरेको खुलासा गरेको छ ।
धनुषा प्रहरीले मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया बस्ने २७ वर्षीय भागेश्वर मण्डलले बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्बिकादेवी मण्डलको हत्या गरेको बयान दिएको जनाएको छ ।
स्थानीयवासीका अनुसार एक वर्षअघि वैदेशिक रोजगारीका लागि गएका भागेश्वर केही दिन अघि घर आएका थिए । बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै श्रीमान र श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ ।
यस्तै, सोमबार राति पनि पत्नी र बुवा दुवैसँग भागेश्वरको झगडा बताइएको छ ।
झगडापछि नै उनले बुबा र श्रीमतीको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
भागेश्वर र अम्बिकादेवीका एक छोरा र एक छोरी छन् ।












प्रतिक्रिया