सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धको मृत्यु

दैनिक नेपाल २०७८ साउन १६ गते १५:३३

सांकेतिक तस्वीर

कैलाली, १६ साउन । कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ ।

वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले जानकारी दिए । वृद्धलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित