
काठमाडौँ, १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ७८३ र एन्टिजेन विधिबाट ४ हजार ८७८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ६११ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७ लाख ५३ हजार ६३३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ५२ हजार २६१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेको छ ।
हालसम्म १६ लाख २१ हजार ७५४ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८३४ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया