मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले देउवालाई बुझायो प्रतिवेदन

क्रियाशील सदस्य सङ्ख्या ८ लाख ५२ हजार ७११

दैनिक नेपाल २०७८ साउन १२ गते १३:३४

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

आज मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा समितिले देउवालाई सो प्रतिवेदन बुझाएको हो । रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो ।

समितिका अनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ । यद्यपि, यो संख्या बढ्न सक्ने छ । किनभने यो समितिले विवादित केही जिल्ला तथा स्थानीय तहका सदस्यहरूको पहिचान गरिसकेको छैन । बाँकी २ प्रतिशत काम शीर्ष तहबाटै गरिने गरी प्रतिवेदन बुझाइएको संयोजक लेखकको भनाइ छ ।

यो पनि पढ्नुहोस्–

कल्याण गुरुङले राखे फरक मत

प्रतिक्रिया
सम्बन्धित