मुम्बई । बलिउड नायिका तापसी पन्नुले आफ्नै प्रोडक्सन हाउस खोलेकी छिन् । करिब एक दशकभन्दा लामो समय फिल्म क्षेत्रमा काम गरिसकेकी उनले ‘आउटसाइडर्स फिल्म्स’ प्रोडक्सन हाउस सञ्चालन गरेर करियरमा नयाँ फड्को मारेकी छिन् ।
तापसीले कन्टेन्ट क्रियटर तथा निर्देशक प्रन्जल खान्धडियासँगको सहकार्यमा नयाँ प्रोडक्सन हाउस खोलेकी हुन् । प्रांजल खंढडियासँग बीस वर्षभन्दा बढी समय अन्य प्रोडक्सन हाउसमा काम गरिसकेकी छन् । तीमध्ये ‘सुपर ३०’, ‘पिकु’, ‘मुबाकरण’, ‘अजहर’जस्ता फिल्मको प्रोडक्सन उल्लेख्य छन् ।
‘यो नयाँ यात्राका लागि म निकै खुसी छु र सिनेमाप्रतिको मेरो माया अझ धेरै हुनेछ’, प्रोडक्सन हाउस सञ्चालनको खुसीयालीमा तापसीले सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, ‘आउटसाइडर्स फिल्म्स’बाट बलिउडलाई म राम्रा फिल्महरु दिनेछु र मजस्तै फिल्म क्षेत्रभन्दा बाहिरका प्रतिभाहरुका लागि नयाँ ढोका खोल्नेछु ।’
तापसीको विवाह आयोजना गर्ने कम्पनी र ‘७ एस पुने’ नामक ब्याडमिन्टन टोली पनि छ। पहिल्यैदेखि व्यवसाय भेन्चरहरू व्यवस्थापन गरिरहेकी उनको आफूले प्रोडक्सन हाउस पनि चलाउन सक्ने विश्वास छ । उनले भनेकी छिन्, ‘फिल्म क्षेत्र र दर्शकहरूले मलाई मेरो ११ वर्षको करियरमा धेरै समर्थन र प्रेम दिएका छन् । त्यसैले पहिल्यैदेखि मेरो आफ्नै प्रोडक्सन हाउस स्थापना गर्ने सोच थियो ।’
‘तापसी र मेरो लक्ष्य उस्तै छ, तर हाम्रो विचार र दृष्टिकोण भने फरक छ । यसले हाम्रा सहकार्यलाई बलियो बनाउने छ’, प्रांजल खंढडियाले भनेका छन्, ‘आउटसाइडर्स फिल्म्स’मा सँगै काम गर्दा हामीले आफ्नो सिर्जनात्मक लक्ष्य खोजी गर्ने अवसर पाउछौं र एकअर्काको काम गर्ने शैलीलाई पनि स्थान दिनेछौं ।’
‘थप्पड’बाट विशेष चर्चा पाएकी तापसीको ‘हसिना दिलरुबा’ पछिल्लो फिल्म हो । ‘लुप लपेटा’, ‘रश्मी रकेट’, ‘दोबारा’ र ‘सुबास मिठु’ उनका आगामी फिल्म हुन् । एजेन्सी















प्रतिक्रिया