काठमाडौं, २ साउन । राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला उधमशीलता, वित्तीय पहुँच टेवा पुँजी र प्रविधि सहयोगका लागि १९ जना उद्यमी महिलाहरू पुरस्कृत भएका छन् ।
निसु प्रडक्सन प्रालिकी नेपाल इन्डिपेनडेन्ट फिल्मसका संस्थापक अध्क्ष्य र अन्तर्राष्ट्रिय स्वतन्त्र चलचित्र मोहत्सवकी निशा श्रेष्ठ पुरस्कृत भएकी छिन् ।
ललितपुर महानगरपालिकाबाट उत्कृस्ट महिला उद्यमीमा छनौट भई समाज विकाश मन्त्रालय, बागमती प्रदेशबाट उनले २ लाख नगद पुरस्कार पाएकी छिन् ।
राष्ट्रपति महिला सशक्तीकरण परियोजनाले महिला उद्यमीलाई हौसला मिल्ने र उद्यमशीलता वृद्धि गर्ने उनले बताएकी छिन् ।
प्रदेशबाट मात्र नभई यस प्रकारको कार्यक्रम नगरपालिका र वडास्तरबाट पनि हुनुपर्ने उनले बताएकी छिन् ।















प्रतिक्रिया