९ कार्तिक २०८३, सोमबार

सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित २ जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रुपन्देही, १ साउन । रुपन्देहीमा सुन र चाँदी जस्तो देखिन धातु र नगदसहित २ जना पक्राउ परेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–११ पण्डितपुरस्थित सडकमा लु.३८ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको करिब ११ तोला ५० लाल सुन जस्तो देखिन धातु र ७ किलो ५ सय ग्राम चाँदी जस्तो देखिने धातु, ३ थान मोबाइल, नगद १७ हजार २ सय ५० नेपाली रुपैयाँ र ३ हजार भारतीय रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त मोटरसाइकलका चालक सोही नगरपालिका–११ पण्डितपुर बस्ने ४० वर्षीय मोहम्मद फारुक मुसलमान र सोही ठाउँ बस्ने २४ वर्षीय रहीस अहमद मुसलमान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट करिब २३ लाख रुपैयाँ बराबरको उक्त धनमाल सहित फेला पारी मोटरसाइकल सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।