मोरङ्ग, ३१ असार । मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका ६ देधापस्थित डाँस खोलाको किनाराबाट बुधबार सशस्त्र प्रहरीले करीव ६२ क्यूफिट सालको गोलिया
काठसहित नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय बिशाल विष्ट, २५ वर्षीय दुर्गा भुजेल, २९ वर्षिय सन्तकुमार राई, ३० वर्षीय भरत भुजेल, ३५ वर्षीय
बीरजंग राई, ३८ वर्षीय बालकृष्ण भुजेल, ३८ वर्षीय सूर्य राई, ४५ वर्षीय हस्तबहादुर सुवेदी र ४७ वर्षीय मोतीमान श्रेष्ठ छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरीले उक्त सालको गोलिया काठ चिरान गर्दै गरिरहेको अवस्थामा
पक्राउ गरेकोे हो ।
पक्राउ परेकाहरूलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि ग्रामीण सुधार सामुदायिक वन कार्यालयमा बुझाइएको छ ।















प्रतिक्रिया