३ कार्तिक २०८३, मंगलबार

राजपाल यादवले नाममा परिवर्तन ल्याए

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका हास्य कलाकार राजपाल यादवले ५० वर्षको उमेरमा आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरेका छन् ।

२२ वर्षको करियरपछि उनले नाममा थोरै परिवर्तन गरेका हुन् । अब राजपाल यादवको नाम राजपाल नौरंग यादव हुनेछ ।

यादवले आफ्नो बुवाको नाम नौरंग यादवबाट नौरंग ल्याएर राजपाल नौरंग यादव नाम राखेका हुन् । उनले भने, ‘मेरो बुवाको नाम नौरंग हो, यसको अर्थ ९ रङ्ग हो । नाम परिवर्तन गरेसँगै मैले बुवाको आर्शिवादको साथ नयाँ जीवनको सुरु गरेको छु ।’

सन् १९९९ मा ‘दिल क्या करे’ बाट फिल्मम डेब्यु गरेका यादवले कैयौं नेपाली फिल्ममा पनि काम गरेका छन् । पछिल्लो समय कुली नम्बर १ मा काम गरेको यादवका हंगामा २, हैली चार्ली, टाइम टु डान्स, भुल भुलैया २ जस्ता फिल्म प्रदर्शनका क्रममा छन् ।