९ कार्तिक २०८३, सोमबार

ओलीको समर्थनमा युवाको प्रदर्शन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय युवा संघका आयोजनामा युवाहरुले ओलीको समर्थनमा सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै प्रदर्शन गरिएको हो ।

विपक्षी गठबन्धनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

माइतीघरदेखि सुरु भएको प्रदर्शनमा ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ‘कानुनी शासन कायम गराैँ, ‘बौद्धिक अराजकताको अन्त्य गरौँ’ जस्ता नारा लगाइएको थियो ।