शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोनाविरुद्धको खोप अभाव हुँदैनः प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७८ असार २७ गते ९:४५

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै उनले केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको बताए ।

‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ। हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो,’ उनले भने, ‘भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन्। भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं।’

प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन संवादहरू जारी राखेको पनि बताए। ‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’ उनले सन् २०२१ को अन्त्यसम्म मोटामोटी रूपमा खोप लगाइसक्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित