९ कार्तिक २०८३, सोमबार

रुकुम पश्चिममा सहायक सीडीओको हस्ताक्षर कीर्ते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पश्चिम, २७ असार । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको लेटर प्याड, छाप तथा सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरेर सवारी पास बनाएको खुलासा भएको छ ।

कोरोना सङ्क्रमणको कारण जारी गरिएको निषेधाज्ञा अवधिमा जारी भएको सवारी पास नक्कली बनाइएको पाइएको हो ।

असार १८ गते रुकुम पश्चिमबाट बाँकेको नेपालगञ्ज गएर फेरि रुकुम पश्चिम आउने गरी बनाइएको सवारी पासमा जिल्ला प्रशासन कार्यालयको लेटर प्याड, छापका साथै अनुमति प्रदान गर्ने अधिकारीको हस्ताक्षरसमेत दुरुपयोग गरेको भेटिएको छ ।

खिमप्रकाश विक सवारी चालक नाम राखेर बनाइएको ग १ ज ४०२४ नम्बरको जीपको पास अनुमति नक्कली रहेको जिल्ला प्रशासन कार्यालय स्रोतले पुष्टि गरेको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैले कार्यालय र ट्राफिक कार्यालयसमेतको अभिलेख हेर्न लगाइएको र यस खालको गलत कार्यको तत्काल छानबिन गरेर आवश्यक कारबाही गरिने बताए ।