३ कार्तिक २०८३, मंगलबार

वरिष्ठ हाँस्य कलाकार श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई सरकारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित गरेको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।

बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा श्रेष्ठलाई नगद १ लाखसहित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

यद्यपि अस्वस्थताका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका छोरा यमन श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।
हाल श्रेष्ठको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।