३ कार्तिक २०८३, मंगलबार

‘थ्याङ्क गड’का लागि अजय देवगनले परिवर्तन गरे रुप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायक अजय देवगन नयाँ रूपमा देखिएका छन् ।

यस्तो रूपमा उनलाई कसैले पनि पहिले देखेको थिएन। ९० को दशकदेखि उनी एक स्टाइलिस कलाकारका रूपमा नै देखिँदै आएका थिए ।

अहिले सामाजिक सञ्जालमा अजय देवगनको जुँगादाह्री पालेको फोटो भाइरल भइरहेको छ । उनले यस्तो रूप हामीले जस्तो लकडाउनमा घरमै बस्नु परेर बनाएका भने पक्कै होइनन् ।

बिरामी परेर पो उनको यस्तो रूप भएको भन्ने पनि उनका शुभचिन्तकको चिन्ता छ । त्यस्तो होइन यो रूप उनको आउने फिल्म ‘थ्याङ्क गड’ का लागि बनाएका हुन् ।

उक्त फिल्म उनका अति नै मिल्ने साथी इन्दर कुमारले निर्देशन गर्दैछन् ।