९ कार्तिक २०८३, सोमबार

अन्तत: नेकपा एमालेमा भयो यस्तो सहमति

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । अन्ततः नेकपा एमालेमा एकताका लागि सहमति भएको छ ।

शुक्रबार दिनभर बसेको कार्यदलको बैठकले दुई पक्षबीच एक भएर जाने सहमति भएको हो । कार्यदलको निरन्तर प्रयासपछि शुक्रबार सहमति भएको हो ।

कार्यदलको नेता प्रदीप ज्ञवालीले बैठक सहमतिमा टुंगिएको प्रतिक्रिया दिएका छन् ।

ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

उनले सहमतिका बुँदा थाहा पाउन १८ घण्टा पर्खिन आग्रह गरेका छन् । उनका अनुसार भाषा परिमार्जनका लागि भोलि पनि कार्यदलको बैठक बस्ने भएको छ ।