९ कार्तिक २०८३, सोमबार

साँफे–मार्तडी सडक पुनः अवरुद्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाजुरा, २४ असार । साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातीको अविरल वर्षापछि पहिरो जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो गएपछि साँफे मार्तडी सडकको बाजुरा खण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयवासीलाईसमेत आवतजावत गर्न समस्या भएको छ ।

बुधबारदेखि आएको वर्षाले बडिमालिका नगरपालिका– ४ को ओलेना र बूढीगङगाको द्वारीमा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिएका छन् ।

सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो गएर आवतजावतमा निकै समस्या भएको स्थानीयवासीले बताएका छन् । –रासस