३ कार्तिक २०८३, मंगलबार

उत्कृष्ट १२ का साथमा ओपोद्वारा प्रायोजित ‘दि भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ ।

अन्तरराष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’को फ्रान्चाइजका रुपमा भ्यिाइएको उक्त कार्यक्रमको नेपाल संस्करणलाई वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले प्रमुख प्रायोजन गरेको छ ।

उत्कृष्ट गायनकला भएरपनि अवसरको अभावमा मुलधारमा आउन नसकिरहेका नेपाली प्रतिभालाई सुनौलो अवसर प्रदान गर्ने सोचका साथ ओपोले प्रायोजनका लागि भ्वाईस अफ नेपालको मञ्च छनोट गरेको कम्पनीका मार्केटिङ्ग हेड पियरसन शेनले बताए । हाल कार्यक्रम उत्कृष्ट बाह्रको चरणमा पुगिसकेको छ ।

दि भ्वाइस अफ नेपालको मञ्चबाट देशले गायन क्षेत्रका लागि नयाँ नयाँ उदयिमान प्रतिभाहरु पनि पाइरहेको छ । प्रतिस्पर्धामा कायम रहेका र बाहिरिसकेका कलाकारहरुको समेत लोकप्रियता नियाल्दा प्रायोजनका पछाडी रहेको ओपोको लक्ष्य पुरा भएको शेनले बताए । कार्यक्रमले यसमा सहभागी प्रतिस्पर्धीलाई जनताको स्टारका रुपमा स्थापित गराइसकेको छ ।

‘रियालिटी शो’को ढाँचामा सञ्चालित दि भ्वाइस अफ नेपालमा अब सुरुहुने लाईभ राउण्डदेखि दर्शकको भोटिङले विशेष महत्व राख्छ । पछिल्ला संस्करणका अनुभव अनुसार हरेक हप्ता प्रतिस्पर्धीहरुलाई अगाडी बढाउन दर्शकद्वारा असंख्य भोट प्राप्त हुने आयोजकले जानकारी दिएका छन् ।

प्रतिस्पर्धीहरुलाई नेपालका साथै विदेशबाट समेत उत्तिकै भोट प्राप्त हुने गरेको छ । यसबाट तिनको लोकप्रियता नेपालका साथै, विदेशमा समेत ब्यापक रहेको पुष्टि हुन्छ । यही कारण प्रतिस्पर्धाबाट बाहिरिएका तथा प्रतिस्पर्धामा अगाडी बढी रहेका कलाकारलाई विदेशमा कार्यक्रमका लागि समेत प्रशस्त प्रस्ताव आइरहेका छन् ।

बाहिरिएका प्रतिस्पर्धीहरुले अहिले प्राप्त लोकप्रियताको उपयोग गर्दै आफ्नै तथा लोकप्रिय गीतका कभर भर्जनपनि प्रस्तुत गरिरहेका छन् । सामाजिक सञ्जाल लगायतमा तिनलाई प्राप्त ब्यापक लोकप्रियता र सराहनाले तिनको स्टारडमको पुष्टि हुन्छ ।