३ कार्तिक २०८३, मंगलबार

शुटिङमा फर्किइन् नायिका यामी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेत्री यामी गौतमले ४ जुनमा निर्देशक आदित्य धारसँग विवाह गरेकी थिइन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएकी थिइन् ।

अहिले उनी काममा फर्किएकी छन् । विवाह पछि काममा फर्किएकी उनको सुटिङ सेटमा स्वागत फूलको गुत्था र केक काटेर भव्य स्वागत गरिएको छ । जसको तस्बिर समेत उनले सोशल मिडियामा शेयर गरेकी छन् ।

तस्बिरका साथ उनले लेखेकी छन् ‘जब म काममा फर्किए मेरो टिमले उत्कृष्ट तरिकाले स्वागत गर्दै शुभकामना समेत दिएको छ । शुभकामनाका लागि सबै प्रति आभार व्यक्त गर्दछु ।’ फ्यानले उनको तस्बिर रुचाएका छन् ।

यामीले फिल्म ‘ए थर्सडे’ को सुटिङ फेरि शुरु गरेकी हुन् । फिल्ममा उनी नैना जायसवालन नामको एक शिक्षिकाको भूमिकामा देखिनेछिन् । यामीको अलवा फिल्ममा नेहा धुपिया, अतुल कुलकर्णी र डिंपल कपाडियाको समेत मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक बेहजद खम्बाटा हुन् ।