
-वि वि श्रेष्ठ
दमौली, १९ असार । कोभिड–१९ ले पत्रकारहरुमा पारेको असर विषयक मिडिया साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश पोखरा, अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक गण्डकी प्रदेश कार्यलय पोखराको आयोजना र नेपाल पत्रकार महासंघ तनहूँको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा आयोगका निर्देशक चन्द्रकान्त चापागाई प्रमुख अतिथी रहेका थिए ।
कोभिडका कारण आम सन्चार क्षेत्र र कार्यरत पत्रकारहरुलाई परेको असरका वारेमा अध्यक्ष उज्जल पौडेलले कार्यपत्र पेश गरेका थिए ।
कोभिडका कारण जनतालाई सुसुचित गराउने क्रममा संचारकर्मी आफै संक्रमित भएको र ज्यान नै गुमाएको हुदाँ राज्यले आम संचार क्षेत्रलाई राहतको कार्यक्रम ल्याउनुपर्ने वक्ताहरुले बताएका थिए ।
स्थानिय सरकारले पनि संचार जगतलाई उपेक्षा गरेको हुदाँ सरकार मिडियामैत्री हुन नसकेको वताए । संचारगृहमा सरकारले उपकरण लगायतका साधनमा छुट दिई सहयोग गर्नुपर्ने बताएका थिए ।
त्यसैगरि प्रमुख अतिथी राष्ट्रिय मानवअधिकार आयोगका गण्डकी प्रदेशका निर्देशक चन्द्रकान्त चापागाईले मानवअधिकार रक्षकका वारेमा चर्चा गरेका थिए । यसैगरि ईन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कोभिडका वावजुद संचारकर्मीले खेलेको भुमिकाका वारेमा चर्चा गरेका थिए ।
यसैगरि सोही कार्यक्रममा आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष वसुन्धरा घर्ति, पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, मानवअधिकारकर्मी कल्पना पौडेलले आफनो धारणा राखेका थिए ।
ईन्सेक तनहुँका प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा तनहुँका संचारकर्मी, मानवअधिकारकर्मी लगायतका उपस्थिती रहेको थियो ।















प्रतिक्रिया