९ कार्तिक २०८३, सोमबार

डाेटीमा बेपत्ता भएको २३ दिनपछि युवककाे शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

डोटी, १९ असार । गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि आज शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।

भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगतै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारीरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनका अनुसार घटनाका विषयमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस