हेटौंडा, १९ असार । भारी वर्षा भएकाले कुलेखानी जलाशयमा तीन दिनमा करिब १० मिटर पानीको सतह बढेको छ ।
जलाधार क्षेत्रमा असार १५ देखि १८ गतेसम्म भारी वर्षा भएकाले पानी सतह ह्वात्तै वृद्धि भएको हो ।
गत वर्ष जलाधार क्षेत्रमा थोरै वर्षा भएकाले कुलेखानी भरिएको थिएन ।
नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशयमा शुक्रबार दिउँसो तीन बजेसम्म १ हजार ५ सय ११.११ सेन्टिमिटर पानी संकलन भएको छ ।
यो वर्ष वर्षायाम सुरु हुनुअघि जलाशयमा १ हजार ५ सय २ मिटर पानीको सतह थियो । असार १५ मा जलाशयमा १ हजार ५ सय २।३३ सेन्टिमिटर पानी थियो ।
कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोवाट १४ गरी १ सय ६ मेगावाट बिजुली उत्पादन हुने गरेको छ ।















प्रतिक्रिया