मुम्बई । बलुउड अभिनेता शाहरुख खानकी छोरी सुहानाको जबरजस्त फ्यान फलोइङ छन् । बलिउडमा सबैभन्दा लोकप्रिय स्टार किड्समध्येकी एक सुहाना सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
सुहाना यस समय न्यूयोर्कमा छिन् । बेलाबेलामा आफ्नो तस्वीर र भिडियोको माध्यमबाट फ्यानसँग सम्पर्कमा रहन्छिन् । स्टारकिडको विभिन्न समयमा आउने तस्वीरलाई उनका फ्यानहरुले मन पराउने गरेका छन् ।
सुहाना आफ्नो शरीरलाई लिएर निकै चनाखो छिन् र त्यसका लागि जिममा जाने गरेकी छिन् । जीममा गएर अभ्यास गर्दै पसिना काड्नु र आफूलाई स्वस्थ राख्नु उनको नियमित काम हो । यसले गर्दा उनको शरीर थप आकर्षक देखिएको छ । जीममा गएको बेलमा उनी समय समयमा सामाजिक सञ्जालमा तस्वीर र भिडियो राख्ने गर्छिन् ।
एक पटक पुन उनले यस्तै तस्वीर सेयर गरेकी छिन् । सुहानाले सामाजिक सञ्जाल एकाउन्टमा एक तस्वीर शेयर गरेहकी छिन् जहाँ उनी जिम सेन्टरमा देखिएकी छिन् । ऐनामा खिचिएको सेल्फीमा २१ वर्षीया सुहान निकै आकर्षक देखिएकी छिन् । एजेन्सी















प्रतिक्रिया