मुम्बई । बलिउड नायिका विद्या बालान नयाँ चलचित्र ‘शेरनी’को प्रचार प्रसारमा लागेकी छिन् ।
विधाको चलचित्र अमेजन प्राइमलगायत डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । त्यही कारण पनि उनी प्रमोसनमा निकै व्यस्त रहने गरेकी छिन् ।
उनले झमझम पानीमा फिल्मको प्रमोसनका लागि फोटो सुट गरेकी थिइन् । फिल्म शेरनीमा विद्याले वन अधिकृतको भूमिका निर्वाह गरेकी छिन् ।
उनले चलचित्रमा निर्वाह गरेको भूमिकालाई ‘म्यान भर्सेज वाइल्ड’का रूपमा चर्चा गरिएको छ ।
विद्याको भूमिका उनका प्रशंसकका लागि पनि सरप्राइज हुने विश्वास गरिएको हो । उनी यही चलचित्रमार्फत बलिउडमा कमब्याक पनि गर्न लागेकी छिन् ।















प्रतिक्रिया