१५ कार्तिक २०८३, आइतबार

मंगलबार २ हजार ७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ४४९ पीसीआर र ५ हजार ८४१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७४५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख १२ हजार २०२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार १८७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको छ ।

२४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५०६ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।