शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

युवा समिती तनहुँद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

वि वि श्रेष्ठ २०७८ जेठ २९ गते २१:३१

-वि वि श्रेष्ठ

तनहुँ, २९ जेठ । युवा समिती तनहुँले दमौली अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

युवा समिती तनहुँका अध्यक्ष रिता ढकाल र युवा समाजसेवी अमरराज सोतिको विशेष पहलमा जिल्ला अस्पताल तनहुँलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।

युवा समिती तनहुँले दमौली अस्पतालमा ३ थान अक्सिजन सहितको सिलिण्डर, कोभिड–१९, गाउन सेट २०० थान, मास्क–२००० थान, एक्जामिनेसन लुज ग्लव्स २५० सेट, फेस सिल्ड– १०० थान, गम वुट १० जोर स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या सेवा विभागसँगको सहकार्यमा युवा समिती तनहुँले उक्त समाग्री दमौली अस्पताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीलाई हस्तान्तरण गरेको हो ।

स्वास्थ्य समाग्री वुझदै अस्पताल विकास समितीका अध्यक्ष अधिकारीले युवा समितीको स्वास्थ्य समाग्रीको सहयोगले कोभिड रोकथाम तथा नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

यो विषम परिस्थितीमा कोभिड सँग सवै मिेलेर लड्नुपर्ने हुदाँ युवा समितीको कार्यले कोभिड संक्रमितका लागी धेरै ठुलो राहत मिल्ने विश्वास लिएको बताए ।

यसैगरि सोही अवसरमा युवा समिती तनहूँका अध्यक्ष रिता ढकालले देश नै विपदमा रहेको वेलामा सकेको सहयोग गर्नु युवा समितीको काम भएको बताए । युवा समिती युवा लक्षित मात्र होईन, समाज र समुदाय सँग पनि जिम्मेवार भएको हुदाँ अगामी दिनमा पनि सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा नरदेवी आयुवैदिक अस्पताल व्यवस्थापन समितीका पूर्व अध्यक्ष शंकर पौडेल, ईन्जिनियर विवेक पौडेल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित