१५ कार्तिक २०८३, आइतबार

थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण, ६१ जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ५०६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४८४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ हजार २९५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख २७ हजार १११ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ जना रहेको छ ।

२४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३६६ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।