१५ कार्तिक २०८३, आइतबार

सर्वदलीय बैठकले के निकाले निष्कर्ष ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ जेठ । शुक्रबार भएको सर्वदलीय बैठकमा दलहरुले कानुन र संविधान जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा सरकारले गरेको संसद विघटन गलत भएको बताइएको छ ।

बैठकमा संसद विघटनले लोकतन्त्र संकटमा परेको समेत दावी गरिएको छ ।

बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् ।

सापकोटालाई लोकतन्त्र बचाउन सुझाव दिएको समेत नेताहरुले बताएका छन् ।