मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रदेश १ को चौथौ नीति तथा कार्यक्रम प्रस्तुत, स्वास्थ्यलाई प्राथामिकता (पूर्णपाठ)

दैनिक नेपाल २०७८ जेठ २७ गते १९:२८

मोरङ, २७ जेठ । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभामा मुख्य प्राथामिकता स्वास्थ्यलाई दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना तयार पारिएको छ ।

गुरुयोजना अन्तर्गत अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची प्रादेशिक अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नती गर्ने सरकारको तयारी छ ।

गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको स्थापना गरिने प्रदेश प्रमुख प्यासीद्धारा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्णपाठ:

प्रतिक्रिया
सम्बन्धित