शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

घट्दै कोरोना संक्रमण, थप ३ हजार ७४९ जनामा पुष्टि, ५९ जनाको मृत्यु

दैनिक नेपाल २०७८ जेठ २७ गते १७:३४

काठमाडौँ, २७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर र ५ हजार ३३७ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७४९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख १ हजार ६८७ एक सय जना पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप ५ हजार २९३ जना कोरोमुक्त भएका छन् । यससँगै हालसम्म निको हुनेमा ५ लाख १५ हजार ५९१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ जना रहेको छ ।

२४ घण्टामा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित