
काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
यद्यपि अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै ओलीको नेतृत्वमा वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको उल्लेख गरेको छ ।
यससँगै २५ सदस्यीय मन्त्रीपरिषद बनेको छ ।
मन्त्रिमण्डलमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो उपप्रधानसहित सहरी विकास, रघुवीर महासेठ पनि उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री रहेका छन् ।
यसैगरी खगराज अधिकारी गृह मन्त्री बनेका छन् ।
हेर्नुस् राष्ट्रपति कार्याले जारी गरेको विज्ञप्ति:













प्रतिक्रिया