१५ कार्तिक २०८३, आइतबार

चक्रपथ विस्तार तथा तीनकुने–जडीबुटीमा सुरुङमार्ग बनाउन ४ अर्ब ४४ करोड विनियाेजन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले काठमाडौँको तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यातायात जाम कम गर्नका लागि सुरुङमार्ग बनाउन लागिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८÷७९ घोषणाका क्रममा यस्तो जानकारी गराएका हुन् ।

त्यस्तै, चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ ।

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८÷७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए ।

यस्तै, २ वर्षभित्र काठमाडौँको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट गरेको अर्थमन्त्री पौडेलले बताए ।