८ कार्तिक २०८३, आइतबार

नगरकोटको क्लब हिमालय बाइ एस होटल २५औं वर्षमा प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १३ जेठ । भक्तपुरको नगरकोटस्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ ।

नगरकोट पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको शुरुआती दिनदेखिकै साक्षीका रुपमा रहेकोयो होटल एस होटल समूहले संचालन गर्दै आएको छ । नगरकोट भन्ने बित्तिकै क्लब हिमालयको नाम आइहाल्छ ।

यी दुई नाम त्यहाँका लागि पर्याय नै भइसकेको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेशन विकासमासमेत मुख्य भूमिका क्लब हिमालयको रहेको विज्ञप्तिमा उल्लेख छ ।

होटल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, भोलि यस्तो समय पनि आउला जब पर्यटकहरु नगरकोटमै बस्ने गरी आउने र साइट सिइङका लागि काठमाडौं जानेछन्, यसको सम्भावना देखिएकोछ ।’

शाक्यको सम्झनामा सन् १९६०–७० मा अधिकांश हिप्पीहरू सूर्योदय हेर्नकै लागि अघिल्लो दिन नै टेन्ट, ह्यासिस (गाँजा) लिएर अनकंटार र नांगेडाँडा ‘बतासेडाँडा’ पुग्ने गर्दथे । रातभर गीत गाउँदै, नाच्दै समय कटाइ सकेपछि उनीहरू बिहान सूर्योदयको दृश्यावलोकन गर्थे ।

काठमाडौंको द रोयल होटल, सोल्टी, अन्नपूर्ण लगायतका होटलमा बस्ने पर्यटकहरू बिहान ३ बजे गाडीमार्फत डेढ घण्टाको कच्ची बाटोहुँदै ५ बज्नु अघिनै बतासेडाँडा पुर्यौइन्थ्यो । त्यतिबेला ब्रेकफास्ट बक्स समेत काठमाडौंबाट लिएर जानुपर्ने बाध्यता थियो ।

नगरकोट प्रतिपर्यटकको झुकाव देखेर एस होटलले सन् १९८० मा बतासेडाँडामा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याउने योजना बनाएको थियो ।

तरतत्कालीन शाही नेपाली सेनाको गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासेडाँडादेखि महांकालडाँडा सुटिङ अभ्यास रेन्जकारूपमा प्रयोगका लागि लिने योजना बनाएको थियो ।

यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यकारूपमा विकास गर्नमात्र नभएर बतासेडाँडामा रिसोर्ट स्थापना तथा संचालनमा ल्याउन सहज थिएन ।