
काठमाडौँ, १० जेठ । नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रा. लि बाट रु ५.५ करोड बराबर रकम लगानी प्राप्त गरेको छ ।
बिजनेस अक्सिजन प्रा. लि वर्ल्ड बैंक ग्रप अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तिय निगमद्वारा संचालित ग्लोबल एसएमइ भेन्चर पहलको एक अंग हो ।
मुख्यत: क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्धेश्यहरुको परिपूर्तिको लागि प्रयोग गर्ने छ ।
यस्ता उद्धेश्यहरुमा आफ्नो सेवा/उत्पादनको दायरा बिस्तार र व्यवसायिक सिपको स्तरोन्नति लगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन् ।
“बिजनेस अक्सिज प्रा लिबाट प्राप्त बित्तिय लगानीलाइ हामी दक्ष मानव संशाधन र पछिल्ला प्रविधिलाइ अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गर्ने छौ । यसले दिर्घकालिन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्ध्योगलाइ नककया उचाँइमा पुर्याउन एक उत्प्रेरकको भूमिका खेल्ने छ ,“ जेनेस सोलुसनको संस्थापक अन्जनी फुयाल बताउछन् ।
त्यसैगरी, जेनेस सोलुसनले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि नककया प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।
सिक्स सिग्मा ब्लाक बेल्टको प्रमाणपत्र पाएका पोखरेलको आइ. बि. एम., ई. एक्स. एल.,भायानेट कम्युनिकेशन लगायत सूचना प्रविधिको क्षेत्र संग सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव छ ।















प्रतिक्रिया