९ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिको कार्यालयको वेबसाइटबाट महत्वपूर्ण दस्तावेजहरू गायब, अनुसन्धान शुरु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । राष्ट्रपति कार्यालयको वेबसाइटबाट दस्तावेजहरू गायब भएका छन् । वेबसाइटमा राखिएका प्रेस विज्ञप्तिसहितका दस्तावेज गायब भएपछि आलोचना भएको थियो ।

वेबसाइटबाट हराएका दस्तावेज के भएको हो भनेर राष्ट्रपति कार्यालयको प्रशासनले अनुसन्धान शुरु गरेको छ । वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएका थिए ।

राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएको विज्ञप्ति हराएका छन् ।

शनिबार राति १ः४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएको छ ।

वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो ।

बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए ।